२०८१ आश्विन ५, शनिबार
कावासोती । जागृति बाल तथा युवा सरोकार नेपालद्वारा कावासोतीमा सञ्चालित किशोरी सशक्तीकरण कार्यक्रमका किशोरी साथी शिक्षक ,किशोरी अभियन्ताहरूलाई महिनावारी सरसफाइ तथा पुनः प्रयोग योग्य प्याड निर्माण तालिम प्रदान गरिएको छ । शनिबार कावासोतीमा भएको तालिममा कावासोती नगरपालिका भित्रका सबै वडाका गरि ३५ जना किशोरी अभियन्ताहरूको सहभागिता रहेको थियो ।
महिनावारीका समयमा ध्यान दिनुपर्ने सरसफाइका विषय र घरमै कसरी प्याड बनाउन सकिन्छ भन्ने विषयमा किशोरी अभियन्ताहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिममा सहभागि किशोरी अभियन्ताहरू मार्फत विद्यालय तथा आफ्ना गाउँघरमा समेत महिनावारी सरसफाइका विषयमा जानकारी दिने , घरमै कसरी प्याड बनाउन सकिन्छ भन्ने विषयमा जानकारी प्रदान गरिने जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले बताउनुभयो ।
तालिममा सहभागि किशोरीहरूले महिनावारी सरसफाइ तथा पुनः प्रयोग योग्य प्याड निर्माण सम्बन्धी तालिम प्रभावकारी भएको बताएका छन् । महिनावारीका समयमा सरसफाइको महत्व धेरै रहेको र सरसफाइमा ध्यान दिँदा भोलिका दिनमा विभिन्न रोगहरू लाग्नबाट जोगिन हुँदा यो तालिम प्रभावकारी भएको बताएका छन् ।
जागृति बाल तथा युवा सरोकार नेपालले जिल्लाको कावासोती नगरपालिकामा किशोरी सशक्तीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । जस अन्र्तगत प्रत्यक वडा वडामा विभिन्न कार्यक्रमहरू समेत सञ्चालन भइरहेका छन् । किशोरीहरूको सशक्तिकरणको सवालमा संस्थाले काम गरिरहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |