२०८१ आश्विन ५, शनिबार
भरतपुर । सामाजिक कार्य परियोजना सञ्चालनकालागि छनौटमा परेका कावासोती नगरपालिका भित्रका १० विद्यालयलाई बिउँ पूँजी रकम हस्तान्तरण गरिएको छ । ब्रिटिश काउन्सिल नेपालले कावासोती नगरपालिकाको समन्वयमा सञ्चालन गर्न लागेको सामाजिक कार्य परियोजना (सोसिएल एक्सन प्रोजेक्ट)का लागि नगरपालिका भित्रबाट २० वटा विद्यालय छनौटमा परेकोमा पहिलो चरणमा १० विद्यालयलाई बिउ पूँजी बापत ३ सय पाउण्ड(नेपाली ४८ हजार) प्रति विद्यालय हस्तान्तरण गरिएको हो । कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले छनौटमा परेका १० विद्यालयलाई पहिलो चरणमा सो रकम बराबरको चेक विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।
भरतपुरको सिराइचुली होटलमा भएको कार्यक्रममा विद्यालयहरूलाई चेक हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख चन्द्र कुमारी पुनले ब्रिटिस काउनस्सिल सँग को सहकार्यमा नगरपालिका भित्र शैक्षिक गुणस्तर सुधारमा धेरै कामहरू भइरहेको बताउनुभयो । उहाँले कावासोतीको शिक्षाको गुणस्तर वृद्धिमा सबैको सहकार्यले थप सहयोग पुर्याउने बताउनुभयो ।
छनौटमा परेका विद्यालयका विद्यार्थी र सहायक प्रधानाध्यपकलाई दुई दिने तालिम समेत प्रदान गरिएकोमा तालिम फलदायी रहने विश्वास व्यक्त गर्दै सिकेका कुराहरू व्यवहारमा उतार्दै अरुमा बाड्न समेत सबैमा उहाँले अनुरोध गर्नुभयो । तालिमलाई आफूमा मात्रै सीमित नराख्न उहाँले अनुरोध गर्नुभयो ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले सीमित श्रोत ,साधनको बावजुत पनि शिक्षाको विकासमा नगरपालिका लागिरहेकोमा ब्रिटिश काउन्सिल नेपालको गृहकार्यपछि शिक्षाको गुणस्तर वृद्धिमा थप सहयोग पुगेको बताउनुभयो । हालै मात्र सञ्चालन हुन लागेको सामाजिक कार्य परियोजनाले विद्यालयलाई समाजसँग सामाजिक कार्यका रुपमा जोड्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । यसले सामाजिक विकासमा लाग्न कार्यक्रमले सहयोग पुर्याउने भन्दै तालिम प्राप्त गर्नु ठूलो अवसर भएकाले अब तालिमका कुरा अरुमा बाड्न समेत आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत घर्तीले नगरपालिकाले शिक्षाको क्षेत्रमा गुणस्तर वृद्धिमा लगानी गर्दै आएको बताउनुभयो । विद्यालयमा न्यूनतम पारिश्रमिक निर्धारण देखी सामुदायिक विद्यालयमा अगे्रजी माध्यमका पुस्तक यस वर्षबाट निशुल्क गराउन लागेको उहाँले बताउनुभयो । साथै विद्यालयका भौतिक पूर्वाधार विकास समेत गर्दै गएको बताउनुभयो ।
कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारीले सामाजिक कार्य परियोजनाले समासँग हातेमालो गरि सामाजिक काममा लाग्न सहयोग पुग्ने बताउनुभयो । उहाँले हाल नगरपालिकाको शैक्षिक गुणस्तर विकासका लागि शिक्षकका लागि तालिम प्रदान देखी बिभिन्न कार्यहरू गर्दै आएको बताउनुभयो ।
प्रोजेक्ट अफिसर सुदर्शन सुवेदीले परियोजनाले रचनात्मक कार्यगर्न सहयोग पुर्याउने बताउनुभयो । यसले विद्यालय र समुदायलाई सामाजिक काममा जोड्न सकारात्मक सहयोग पुग्ने बताउनुभयो ।
सामाजिक कार्य परियोजनामा सञ्चालनका लागि कावासोतीबाट छनौट भएका २० विद्यालयका ४० जना विद्यार्थी सहित नगरपालिका भित्रका ४० जना सहायक प्रधानाध्यापकलाई भरतपुरमा तालिम जारी रहेको नगरपालिका शिक्षा श्रोत शिक्षक तीर्थ कंडेलले बताउनुभयो । पहिलो चरणमा १० विद्यालयको तालिम बिहीबार सकिएको छ । शुक्रबारबाट १० विद्यालयका लागि दुई दिने तालिम शुरु भएको उहाँले बताउनुभयो । सामाजिक कार्य परियोजना कसरी सञ्चालन गर्ने, सामाजिक कार्यहरू सञ्चालन गर्ने लगायत नेतृत्व विकासमा तालिम केन्द्रित रहेको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |