२०८१ आश्विन ५, शनिबार
नवलपुर । नवलपुरको पहाडी क्षेत्र अन्तरगत पर्ने बौदीकाली गाउँपालिकाको डेढगाउँमा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शनिबार डेढगाउँमा स्वास्थ्य परीक्षण शिविर भएको हो ।
कर्मचारी मिलन केन्द्र नवलपुरको आयोजना, बौदीकाली गाउँपालिकाको सह आयोजना, जिल्ला प्रशासन कार्यालय नवलपुरको संयोजन , मध्यविन्दु जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय नवलपुरको प्राविधिक सहयोगमा वृहत स्वास्थ्य परीक्षण शिविर गरिएको हो । निजामती सेवा दिवस र राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसर पारेर स्वास्थ्य परीक्षण शिविर संचालन गरिएको कर्मचारी मिलन केन्द्र नवलपुरका अध्यक्ष विरेन्द्र प्रसाद घिमिरेले बताउनुभयो ।
शनिबार ढेडगाउँमा भएको स्वास्थ्य परीक्षण शिविरमा ४ सय १२ बढीले स्वास्थ्य परीक्षण गरि सेवा लिएकाछन् । शिविरमा मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश प्रसाद आचार्य सहितको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेका थिए । रेडियोलोजिस्ट, जनरल फिजिसियन, स्त्री रोग विशेषज्ञ सहितका चिकित्सक सहित स्वास्थ्य परीक्षणका लागि डेढगाउँ पुगेका थिए । ग्रामीण क्षेत्रका बासिन्दाले स्वास्थ्य परीक्षण गरि स्वास्थ्य लाभ गरुन् भन्ने हिसाबले उक्त स्थानमा शिविर संचालन गरिएको मिलन केन्द्रका अध्यक्ष घिमिरेले बताउनुभयो ।
स्वास्थ्य शिविर संचालन पूर्व भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले कर्मचारीहरू जनताका लागि रचनात्मक रुपमा काम गर्छन भन्ने सन्देश दिन शिविरले सहयोग पुगेको बताउनुभयो । कर्मचारी भनेको टेबलमा काम गर्ने मात्र हैन समुदायमा पनि उनीहरूको भूमिका र कर्तव्य रहन्छ भन्ने सन्देश शिविरले दिएको उहाँले बताउनुभयो । यस्ता शिविर बेलाबेलामा ग्रामिण क्षेत्रमा गर्दा स्वास्थ्य परीक्षण नगराएर रोग लुकाएर बसेकाहरूले स्वास्थ्य परीक्षण गरि लाभ लिन सक्ने बताउनुभयो ।
शिविर उद्घाटन सत्रका अध्यक्ष एवं बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले वृतह स्वास्थ्य शिविरका लागि आफ्नो पालिकालाई छनौट गरेकोमा धन्यवाद दिनुभयो । उहाँले स्वास्थ्य शिविरसँगै बौदीकाली गाउँपालिकामा रहेका बासिन्दाले भोगेका जटिलता र सदरमुकाम पुग्दा आफ्ना पालिका बासीले भोग्नुपर्ने समस्याको महसुस गरि भोलिका दिनमा सहजै सेवा प्राप्त गर्न सक्नेछन भन्ने आफूलाई विश्वास लागेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयबाट दिने सेवामा बौदीकाली गाउँपालिकाबासी पुग्दा केही सहजता बनाउने विषयमा प्रतिवद्धता प्राप्त गरेकोमा धन्यवाद समेत दिनुभयो । गाउँपालिकाले आफ्नो गाउँपालिकाबासीलाई सहज सेवा दिने विषयमा निरन्तर लाग्ने र त्यसको लागि समन्वय गरिरहने उहाँले बताउनुभयो ।
शनिबारनै बौदीकाली गाउँपालिकाको कार्यालयमा कार्यालय प्रमुखहरु सँग जनताको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त क्रममा बोल्ने स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता, महँगो सवारीको भाडादर, बाटो स्तरोन्नतीका विषय, कृषितर्फ बादरले बालीमा पुर्याएको क्षति लगाएत जिल्ला स्थित कार्यालयबाट सहज सेवा लिने वातावरण निर्माणमा सहजिकरण गरिदिन आग्रह गरेका थिए । कार्यक्रममा उठेका सवालमा प्रमुख जिल्ला अधिकारी अरुण पोखे्रल सहितका सम्बन्धित कार्यालयका प्रमुखहरुले जवाफ दिएका थिए । कार्यक्रम बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाको अध्यक्षतामा भएको थियो । अध्यक्ष ओझाले यस्तो कार्यक्रमले प्रत्यक्ष रुपमा नागरिकले आफ्ना समस्या जिल्ला स्थित कार्यालयसँग राख्न पाएको र भोलिका दिनमा उठेका विषयमा समन्वय गर्न कार्यालय प्रमुखहरुले भूमिका निर्वाहा गर्दा सेवा लिन थप सहजता मिल्ने बताउनुभएको थियो ।
डेढगाउँमा भएको शिविर तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख ,प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
कर्मचारी मिलन केन्द्र नवलपुरले यस अघि विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । पत्रकारसँग मैत्रीपूर्ण फुटसल, रक्तदान कार्यक्रम, अपांग सेवा केन्द्रमा खाद्यान्न सामाग्री हस्तान्तरण लगायतका कार्यक्रमहरु सम्पन्न गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |