२०८१ आश्विन ५, शनिबार
कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले नारायणी नदी कटानको उचित व्यवस्थापनका प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ध्यानाकर्षण गराउनुभएको छ ।
पालीकाको विभिन्न विषयका सम्बन्धमा सम्बन्धित निकायसँग ध्यानाकर्षण गराउन काठमाडौँ पुगेको नगर प्रमुख अधिकारी सहितको टोलीले आज प्रधानमन्त्री ओलीलाई भेटेर नारायणी नदीको दीर्घकालिक व्यवस्थापन नहुँदा स्थानीय बासिन्दाले भोग्नु परेको समस्याहरूको समाधानका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न उहाँले प्रधानमन्त्री ओलीसंग माग समेत राख्नुभयो ।
नारायणी नदी तटीय क्षेत्रमा रहेको मध्यविन्दु नगरपालिकाको वडा नं. २, ३, ४, ६, १२ र १५ मा वर्षेनी हुने कटानको उचित व्यवस्थापन नहुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । जसको समाधानका लागि नगर प्रमुख अधिकारीले केन्द्रबाट नै बजेट पार्न पहल गर्नुभएको हो ।
भेटको क्रममा नगरपालिकाले कार्यान्वयनमा ल्याएको हाम्रो खुशी पाठ्यक्रम सहित शिक्षक हाते पुस्तक समेत अधिकारीले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभयो । हाम्रो खुशी पाठ्यक्रमका बारेमा उहाँले देखाउनु भएको जिज्ञासा र प्रकट गर्नु भएको शुभेच्छाको लागि धन्यवाद समेत व्यक्त गर्नुभयो ।
समस्याको दिगो व्यवस्थापन गर्ने सपना नगरले देखेको र त्यसका लागि निरन्तर रुपमा लागि पर्ने अधिकारीले बताउनुभयो ।
नगर प्रमुख अधिकारी सहितको टोलीले यसअघि पूर्वपश्चिम राजमार्ग बिस्तारमा भइरहेको ढिलाईका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटेर ध्यानाकर्षण गराएको थियो । सो क्रममा मन्त्री दाहालले निर्माणको सम्बन्धमा आफू गम्भीर रहेको भन्दै आफ्नो पहिलो भ्रमण यस क्षेत्रमा गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
यसैगरी नगर प्रमुख अधिकारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसँग समेत भेटेर मध्यविन्दु नगरपालिकाको समग्र शैक्षिक गतिविधि, पालिकाले कार्यान्वयनमा ल्याएको हाम्रो खुसी पाठ्यक्रम बारे जानकारी गराउनुभयो । नगर प्रमुख अधिकारीले नगरपालिकाको शैक्षिक सुधारका लागि आवश्यक कार्यक्रमहरू प्राथमिकताका साथ उपलब्ध गराउन समेत अनुरोध गर्नुभयो । भने शिक्षा मन्त्री भट्टराईले नगरबाट भएको पहलको लागि धन्यवाद सहित थप कार्यक्रममा मन्त्रालयको सहयोग रहने प्रतिबद्धता जनाउनुभएको टोलीमा सहभागि नारायण लम्सालले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |