२०८१ आश्विन ५, शनिबार
नवलपुर । नवलपरासी पूर्व ( नवलपुरको ) मध्यविन्दु नगरपालिकाले घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ ।
पूर्वपश्चिम राजमार्गको चोरमारा बजारमा नगरपालिकाले आजबाट घुम्ती शौचालय सञ्चालनमा ल्याएको हो । राजमार्ग बिस्तारको क्रममा चोरमारा बजारमा रहेको सार्वजनिक शौचालय भत्किएपछि यस क्षेत्रका सर्वसाधारण तथा यात्रुलाई शौच गर्न समस्या भइहेको थियो । सोही समस्यालाई मध्यनजर गर्दै घुम्ती शौचालयको व्यवस्थापन गरेको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।
शौचालय नहुँदा यात्रु तथा सर्वसाधारणले शौचका लागि पसल तथा होटेल सामान खरीद गर्नुपर्ने वा होटेलमा बसेर खानुपर्ने अवस्था रहेको थियो । सक विस्तारको क्रममा रहेकाले शौचालय निर्माण गर्न समेत समय लाग्ने हुँदा नगरपालिकाले घुम्ती शौचालय सञ्चालनमा ल्याएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।
वर्षाका कारण चोरमारा बजारको मोड निर सडक चिप्लो भएर सवारी आवागमनमा समस्या भइरहेको छ । सवारी चिप्लिएर गुड्न सकिरहेका छैनन् । जसका कारण यात्रु समेत रोकिनु परेको छ । राजमार्गको कारण चोरमारा बजारमा रोकिएका यात्रु समेतलाई लक्षित पालिकाले आजबाट घुम्ती शौचालय सञ्चालनमा ल्याएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |