२०८१ आश्विन ५, शनिबार
नवलपुर । नवलपुरको कावासोती नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । आज कावासोती नगरपालिकामा कार्यक्रमको आयोजना गरि पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो । कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषण गर्नुभएको हो ।
कावासोती नगरपालिका भित्रका १६ देखि ५९ महिनाका सबै बालबालिकाले पाउनुपर्ने खोप पूर्ण रुपमा लगाएको सुनिश्चित गरेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको हो ।
नगरपालिकालाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणागर्दै नगर प्रमुख विष्णुप्रसाद भुसालले विगतको अवस्थामा अहिले खोप प्राप्त गर्न सहज भएको र स्वास्थ्यकर्मीको समेत यसमा ठूलो योगदान रहेको भन्दै कावासोतीलाई पूर्ण खोप सुनिश्चितता घोषणका लागि सहयोग गर्ने स्वास्थ्यकर्मी सहित सबैमा धन्यवाद दिनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले खोप बच्चाको भविष्यसँग जोडिएकाले स्वास्थ्यकर्मीले यसलाई मनन गरी लाग्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले कावासोती नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना बनाउन स्वास्थ्यकर्मी सहित सबैको भूमिका उत्तिकै रहेको बताउनुभयो । राज्यले खोप द्वन्द्वकालमा समेत नरोकेकोले यसको महत्व कति छ भन्ने प्रष्ट हुने उहाँले बताउनुभयो ।
कार्यक्रम बोल्ने स्वास्थ्य कार्यालय प्रमुख शैलेन्द्र कुमार सिंह, सामाजिक विकास शाखा संयोजक एवं कावासोती १७ का वडा अध्यक्ष चुणामणी थनेतले कावासोती नगरपालिका पूर्ण खोप सुनिश्चित हुनु भएको स्वास्थ्यको क्षेत्रमा आवश्यक रुपमा सेवा प्रदान गरेको भन्ने बुझिने बताएका थिए । नगरपालिका र स्वास्थ्यकर्मीको यो कार्यका लागि वक्ताहरूले धन्यवाद दिएका थिए ।
पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा कार्यक्रममा नगर उप प्रमुख फूलकुमारी थनेत , वडा अध्यक्ष हरु, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन स्वास्थ्य शाखा अधिकृत पारेश्वर भुर्तेलले गर्नुभएको थियो ।कार्यक्रममा उपस्थित सहभागिहरुले पूर्ण खोप सुनिश्चतता र दिगोपनाका लागि प्रतिवद्धता व्यानरमा हस्ताक्षर गरि प्रतिवद्धता व्यक्त गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |