२०८१ आश्विन ५, शनिबार
नवलपुर। नवलपुरका किशोरीले नेपाल सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग किशोरी अधिकारको र सरोकारवालाको भुमिकाको बारेमा अन्तरसम्वाद गरेका छन् । नवलपुरको देवचुली १० मा जागृति बाल तथा युवा सरोकार नेपालद्वारा निर्माण गरिएको बालिका सिकाइ तथा स्रोत केन्द्रको अवलोकन र किशोरी र बालबालिकाहरु सग अन्तरसम्वाद गर्दै मन्त्री चौधरीले किशोरीहरुका लागि लगानी र नितिगत सुधार गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सरकारले मन्त्रालयगत बजेट दिने क्रममा थोरै बजेट दिने र योजना अनुसारको बजेट कटौती गर्ने हुँदा आशातित काम गर्न नसकेको समेत बताउनुभयो । अन्तरसम्वाद कार्यक्रममा किशोरी अभियन्ता रेजिना घर्ती मगरले तीन तहको सरकारले बालबालिकालाई प्राथमिकता दिनुपर्ने र लगानिको सुनिश्चितताको लागि पहल गर्नुपर्नेमा जोड दिनुभयको थियो ।
उहाँले बालिका सिकाई तथा स्रोत केन्द्र किशोरीहरुको साझा सपनाको रूपमा पहल गरेको र अहिले आफ्नो सपना पूरा हुने क्रममा हुँदा खुसी लागेको र यसको दिगो सन्चालनको लागि सवैले सहयोग गर्नुपर्नमा जोड दिनुभयो । किशोरीहरु र बालबालिकाहरुले मन्त्रीसग बालबालिकाका विभिन्न सवालहरुमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । सहभागीहरुले बिधालयमा नर्स कार्यक्रम प्रभावकारी रूपमा सन्चालन गरिनुपर्ने, किशोरीहरुको लागि आवश्यक पर्ने सेनेटरी प्याड गुणस्तरीय र निजि बिधालयमा पनि उपलब्धता गराईदिनुपर्ने, स्थानीय तहमा किशोरकिशोरीहरुको लागि मानसिक स्वास्थ्यको लागि मनोपरामर्शकर्ताहरुको ब्यबस्थापन गरिनुपर्ने, स्थानीय तहमा किशोरीहरुको लागि छुटै डेस्कको स्थापना गरिनुपर्ने, गरिव र सीमान्तकृत बालबालिकालाई राज्यले निशुल्क शिक्षा र स्वास्थ्यको लागि काम गरिनुपर्ने, दिवा खाजालाई सवै बालबालिकाले पुग्ने गरिको लागि ब्यबस्थापन गरिनुपर्ने लगायतका सवालहरु मन्त्री समक्ष पेश गरेका थिए ।
जागृती बाल तथा युवा सरोकार नेपालले क्यान्नलन स्विजरल्याण्डसगको सहयोगमा किशोरीहरु र बालबालिकाहरुको लागि सो सिकाई केन्द्रको निर्माण गरिरहेको सस्थाका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो । नेपालमा नै यस्तो खालको संरचना अन्यत्र नरहेको र जोकोहीलाई पनि बालिका र किशोरी अधिकारको बारेमा सूचना लिन र सूचना प्रदान गर्नको लागि अध्ययन केन्द्रको निर्माण गरिरहेको उहाँले बताउनुभयो । कार्यक्रममा कावासोती नगरपालिका नगर उप प्रमुख, वार्ड अध्यक्ष, बाल क्लब, किशोरी संजाल, आमा समूह र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |