२०८१ आश्विन ५, शनिबार
नवलपुर । नवलपुर एफ एमका संस्थापक स्व. तिर्थ राज भुसालको सम्झनामा ९६ जनाले रक्तदान गरेका छन् । दुर्घटना भएकाहरुले रगतको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यका साथ हरेक वर्ष भुसालको जन्मजयन्तीको दिन जेठ २६ गते रक्तदान कार्यक्रम हुदैं आएको छ ।
पत्रकार तिर्थराज भुसाल स्मृति ट्रष्ट र नवलपुर एफ एम को आयोजनामा भएको रक्तदान कार्यक्रममा १८ जना नयॉ रक्तदाता सहित ९६ जनाले रक्तदान गरेका छन् । १४ जना महिला र ८२ जना पुरुषले नवलपुर एफ.एम. का संस्थापक प्रबन्ध निर्देशक स्व. तिर्थराज भुसालको ३७ औँ जन्मजयन्तीको अवसरमा रक्तदान गरेका छन् ।
पत्रकार तिर्थराज भुसाल स्मृति ट्रष्टका अध्यक्ष झपेन्द्रश्वर भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । पत्रकारिता क्षेत्रमा स्व. भुसालको योगदानको स्मरण गर्दै प्रमुख अतिथि विश्वकर्माले मानव जीवनको सबैभन्दा ठूलो दान भनेकै रक्तदान भएको भन्दै यस्ता कार्यक्रमले समाज सेवाको भाव जागृत गराउने बताउनुभयो । उहले स्व. भुसालले देखेको सुन्दर सपना र उहाले देखाएको बाटो नवलपुर एफ एम परिवारले निरन्तर अघि बढाइरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै बिशेष अतिथी कावासोती नगरपालिका वडा नं ३ का वडा अध्यक्ष डोरमान गीरीले स्वं भुसाललाई स्मरण गर्दै भुसालको नाममा स्थापना भएको ट्रष्टले सामाजिक क्षेत्रमा गरेका कार्यबाट स्व भुसाल चिरकाल सम्म जिवन्त रहने बताउनु भयो । उहाँले स्व.भुसालका अधुरा सपना पुरा गर्न स्थानिय तहबाट समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ नवलपुरका जिल्ला अध्यक्ष विरेन्द्र पराजुलीले भुसालको स्मृतिमा गरिएको यो रक्तदानले धेरैको ज्यान बचाउन सकिने बताउनु भयो । उहाँले एउटा सञ्चार माध्यमले हरेक वर्ष समाजमा सचेतना फैलाउने कार्याक्रम गर्दै आएको स्मरण गर्दै यस्ता कार्यक्रमलाई स्थानिय तहको संरक्षकत्वको खाँचो रहको बताउनुभयो ।
कार्यक्रममा नवलपुर एफ एमका कार्यकारी निर्देशक राधिका भुसालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन नवलपुर एफ एमका समचार प्रमुख नारायण भुर्तेलले गर्नु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोती र नवलपुर रक्त सञ्चारको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख नरहरी रेग्मी, श्री नं वन तथा पर्यावरण सुरक्षा गणका सेनानी तिर्थ राज आर्चाय, कावासोती वडा नं २ का वडा अध्यक्ष शिव पाण्डे ,नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ अर्याल,मध्यविन्दु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गणेशमान गिरी, नवलपुर एफएमका संरक्षक याम प्रसाद भुसाल, पे्रस युनियन नवलपुरका केन्द्रिय सदस्य घनश्याम बगाले, नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखा सभापति बाबुराम कंडेल लगायतको उपस्थिती रहेको थियो ।
भुसालको स्मृतिमा पत्रकार तीर्थराज भुसाल स्मृति ट्रष्टको स्थापना गरेर बिभिन्न सामाजिक कार्यहरु सञ्चालन हुदै आएका छन । नवलपुरका सक्रिय पत्रकार भुसालको २०७४ सालको निर्वाचनमा रिपोटिङ्ग गरेर फर्किने क्रममा दाउन्नेमा मोटरसाइकल दुर्घटनामा परेर निधन भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |