२०८१ आश्विन ५, शनिबार
नवलपुर । सेन्ट्रल कलेजले कावासोतीमा विद्यार्थीहरूलाई करियर काउन्सिलिङ तालिम प्रदान गरेको छ । विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श र भाषा कक्षा दिँदै आइरहेको सेन्ट्रल कलेजले ‘युथ वर्न फर पोजेटिभ चेन्ज ’ शीर्षकमा रहेर करियर काउन्सिलिङ तालिम सञ्चालन गरेको हो ।
कावासोती खानेपानी सभाहलमा भएको कार्यक्रममा प्रमुख वक्ताका रुपमा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले विद्यार्थीहरूको क्यारियरका विषयमा आफ्नो भनाई राख्नु भएको थियो ।
उहाँले सेन्ट्रल कलेजले विदेश जानेलाई परामर्श मात्र नगरेर स्वदेशमै पढ्न चाहने , सीप सिक्न चाहनेहरूका लागि पनि परामर्श र सहयोग प्रदान गर्दै आएको बताउनुभयो । उहाँले सेन्ट्रल कलेजले विदेशनै पढ्न जानुपर्छ नभनेको तर विद्यार्थीको इच्छा जे छ त्यसमा सही परामर्श प्रदान गर्ने , सहयोग गर्ने बताउनुभयो ।
प्रिन्सिपल पौडेलले विद्यार्थीको आवश्यकता अनुसार हरेक सहयोग गर्न सेन्ट्रल कलेज तयार रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ‘विदेश जानेकी , स्वदेशमा पढ्ने कि सीप सिकेर स्वरोजगार बन्ने हो जे आवश्यक छ त्यो गर्न सेन्ट्रल कलेज सक्षम छ , हामी तपाईँहरूको जिम्मा लिन तयार छौं।’ उहाँले सेन्ट्रल कलेज एक संस्थाका रुपमा विभिन्न सामाजिक दायित्वहरू वहन गर्न तयार रहेको र सोही अनुसार खेल क्षेत्रको विकास, विभिन्न कार्यक्रममा समन्वय र सहयोग प्रदान गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा इश्वर गैह्रेले मोटिभेसनल तालिम प्रदान गर्नुभएको थियो । कलाकार सञ्जय देवकोटाले सञ्चालन गर्नुभएको कार्यक्रम सेन्ट्रल कलेज कावासोती शाखा प्रमुख रिता पौडेलको अध्यक्षता तथा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलको प्रमुख आतित्थ्यतामा भएको थियो । स्वागत मन्तव्य कार्यक्रम संयोजक एवं सेन्ट्रल कलेजका सिनियर बिजनेश प्रमोटर्स दीप काफ्लेले राख्नुभएको थियो । कार्यक्रममा कार्यक्रमका सह संयोजक पवन भुर्तेल सहित विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि विद्यार्थीहरूले करियर काउन्सिलिङ तालिमले आफूहरूका धेरै अन्योलता हटाएको र विभिन्न विषय बुझ्न सहयोग गरेकाले प्रभावकारी भएको बताएका थिए ।
सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहने विद्यार्थीलाई परामर्श, भाषा कक्षासंगै भिजा प्रोसेसिङका काम गर्दै आइरहेको छ ।
कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए, कोरिया, युरोप लगायतका देशमा जान चाहाने विद्यार्थीलाई भाषा कक्षा, परामर्श र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको छ । कलेजले विद्यार्थी भिजामा जान चाहाने विद्यार्थीका लागि निःशुल्क जापानिज, कोरियन भाषा ,आइइएलटीएस ,पिटिइ कक्षाहरु र निःशुल्क बस सेवा समेत प्रदान गरिरहेको छ ।
कलेजले नवलपुरको कावासोतीमा पनि आफ्नै कार्यालय भवन निर्माण गरिरहेको छ । विभिन्न सामाजिक काममा समेत सक्रिय सेन्ट्रल कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |