२०८१ आश्विन ५, शनिबार
कावासोती । कावासोती नगरपालिकाको नगर स्तरीय विधार्थी सिकाइ उपलब्धिको प्रतिवेदन सार्वजनिक गरिएको छ। कक्षा ५ को नगर स्तरीय प्रतिवेदन सार्वजनिक गरिएको हो ।
कावासोती नगरपालिका भित्रका सबै विधालयका कक्षा पाँचमा अध्यनरत १७ सय बढी विधार्थी सहभागी गराएर सिकाइको अवस्था मापन गरिएको थियो । खासगरी आधारभूत तहमा विधार्थीहरुको सिकाईको अवस्था पहिचान र सुधारका लागि प्रतिवेदन तयार पारिएको कावासोती नगरपालिका शिक्षा शाखाले जनाएको छ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै नगर प्रमुख विष्णुप्रसाद भुसालले प्रतिवेदनले विधार्थीको सिकाई अवस्थाको परिक्षण मात्र नगरेर शिक्षकको समेत परिक्षण गरेको बताउनुभयो । उहाँले सिकाई राम्रो हुने विधालयलाई बधाई दिदै शिक्षाको गुणस्तर विकासमा नगरपालिका निरन्तर लागेको बताउनुभयो । विधालयले शिक्षाको विकासलागि कार्ययोजना निर्माण गर्न अनुरोध गर्दै नगरबाट आवश्यकता अनुसार उक्त योजना कार्यान्वयनका लागी लगानी गर्दै जाने बताउनुभयो । नगर प्रमुख भुसालले प्रधानाध्यापकले न्यूनतम कक्षा लिनुपर्ने र यसले विधार्थी बिचको दुरी कम गर्न सहयोग पुग्ने बताउनुभयो ।
कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले प्रतिवेदनमा समस्या पहिचान सहित सुझावहरु प्रदान गरिएकोले आगामी दिनमा कार्ययोजना निर्माणमा सहयोग पुग्ने बताउनुभयो । उहाले प्रतिवेदनमा विधालयमा सुधार गर्नुपर्ने, शिक्षकहरुको सुधारमा गर्नुपर्ने विषय समेत समेटन सके अझ राम्रो हुने बताउनुभयो । उहाँले विद्यालयमा मिनिमम सर्भिस स्टेन्डर्ड , विद्यालयमा न्यूनतम यति पूर्वाधारहुनुपर्छ, यति शैक्षिक सिकाइका विषय वस्तु हुनुपर्छ भनेर एउटा मादण्ड बनाएर न्यूनतम हुनुपर्ने विषय नभएका विद्यालयमा लगानी गर्नुपर्ने बताउनुभयो । विद्यार्थीको भविश्य सुधारका लागि लगानी गर्नुपर्ने सबैभन्दा राम्रो विन्दु पाँच कक्षा सम्मका विद्यार्थी भएकाले यसलाई ध्यान दिएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।
कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारीले कक्षा पाँचको विद्यार्थीको सिकाईको मापन प्रतिवेदनले हामी कहाँ छौ, के गरिरहेका छौ र अब कहाँ जानुपर्ने छ भन्ने विषय छर्लङ्ग पारेको र यहि बेस लाईनबाट अघि बढ्नुपर्ने बताउनुभयो ।
कावासोती नगरपालिका वडा नम्बर १७ का अध्यक्ष एवं सामाजिक विकास शाखा संयोजक चुडामणी महतोले प्रतिवेदनले हामी कहाँ निर सच्चिनुपर्छ भनेर देखाएको बताउनुभयो ।
विद्यालय र विद्यार्थीको वास्तविक अवस्था के रहेछ भनेर प्रतिवेदनले देखाएकाले आगामी दिनमा सिकाई अवस्था सुधारमा यसले सहयोग पुग्ने हुप्सेकोट गाउँपालिका शिक्षा शाखा प्रमुख माधव गाैतमले बताउनुभयो ।
कावासोती नगरपालिका शिक्षा शाखा अधिकृत राजन पाण्डेले नगर स्तरीय पाँच कक्षाका विधार्थीको सिकाइ उपलब्धिको प्रतिवेदनले विधार्थीहरु को कमजोरी कहाँ देखियो र सुधार कसरी गर्ने तेसका लागि के कार्य गर्ने भन्ने बाटो देखाएको बताउनुभयो । उहाँले सिकाइलाई असर पार्ने के विषय छन। शिक्षण सिकाइको समग्र अवस्था कस्तो लगायत धेरै कुराबाट सिकाईमा पार्न सक्ने विषय पहिचान भएको बताउनुभयो । कावासोती नगरपालिकाले तयार पारेको प्रतिवेदन आफैमा महत्वपूर्ण भएको र भोलीका दिनमा यसको आधारमा योजना बनाएर कामगर्दै जाँदा अन्यका लागि कावासोती प्राथमिक शिक्षण सिकाईको अनुसन्धानको केन्द्रका रुपमा अघि बढ्न सक्ने बताउनुभयो ।
प्रतिवेदनका विषय प्रस्तुतगर्ने क्रममा प्रतिवेदन तयार कर्ता शिक्षा मन्त्रालयका उप सचिव परशुराम तिवारीले विद्यार्थीको सिकाईमा प्रभाव पार्ने विभिन्न विषयको जानकारी गराउनुभएको थियो । जसमा करिब ५० प्रतिशत विद्यार्थीको घरमा पढ्नका लागि शान्त वातावरण नभएको , पढ्न टेबल तथा छुट्टै कोठा नभएको, विद्यार्थीहरु प्रति विद्यालयमा विभिन्न किसिका क्रियाकलापमा वहिष्करण गरिने, नाम काढिने, गिज्याइने , अरु साथीहरुबाट कुटाई खाने बुलिङहरु रहेको , आमाको शैक्षिक अवस्था, पेशा लगायतले समेत सिकाईमा प्रभाव पारेको । सहभागि विद्यार्थी मध्य धेरै गणित र विज्ञानमा कमजोर देखिएको , बाह्रमण क्षेत्रिको तुलमा दलित र जनजाति समुदायका विद्यार्थीको सिकाई कमजोर रहेको लगायतका विषय प्रतिवेदनले औल्याएको छ ।
उप सचिव तिवारीले प्रतिवेदनले देखाएका समस्याका समाधानका लागि उपायहरु समेत सुझावका रुपमा प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्ने अन्य व्यक्तिहरुले आधारभुत तहको शिक्षण सिकाईको अवस्था पहिचान गरि सुधारका लागि काम गर्न यसले सहयोग पुग्ने बताएका थिए ।
कावासाेती नगरपालिका स्राेत शिक्षक तीर्थ कंडेलले संचालन गर्नुभएको कार्यक्रममा नगर भित्रका विभिन्न बिधालयका व्यवस्थापन समित अध्यक्ष , प्रधानाध्यापक लगायतकाे उपस्थिति रहेको थियाे।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |