२०८१ आश्विन ५, शनिबार
नवलपुर । नवलपुरकाे गैंडाकोट नगरपालिका शिक्षा शाखाले शिक्षक दरबन्दी वितरण र सरुवा मापदण्ड विपरीत अन्यायपूर्ण गरेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी गैंडाकोटले प्रेस विज्ञप्ति निकालेको छ।
नगरले मापदण्ड विपरीत कार्य गरेकाले आफुहरुकाे ध्यानाकर्षण भएको नेेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी गैंडाकोटका सचिव राेशन मल्ल ठकुरीले बताउनु भयाे ।
संगठनले विज्ञप्ति निकाल्दै भनेको छ ” गैडाकोट नगरपालिका, शिक्षा समितिले थप शिक्षक दरबन्दी वितरण र शिक्षक सरुवाको विषयमा निश्चित मापदण्डभन्दा बाहिर गएर अन्यायपूर्ण तरिकाले विद्यालय र शिक्षकप्रति गरिएको पक्षपातपूर्ण व्यवहारप्रति नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी गैंडाकोटको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता नियमविपरित गरिएका कार्यले शिक्षकहरुको बिचमा विभेद सृजना गर्नुका साथै राम्रो शैक्षिक उपलब्धी हासील गरिरहेका विद्यालय र वर्षाै देखि अपायक स्थानमा रहेका शिक्षकहरूप्रति अन्याय भएको हाम्रो ठम्याई रहेको छ । ”
सचिव ठकुरी र अध्यक्ष नवराज काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा थप भनिएको छ ” पटक पटक शिक्षकहरुले गुनासो गरिरहेको अवस्थामा विद्यालय र शिक्षकहरुको गुनासो लाई इन्कार गर्दै शिक्षा नियमावली २०५९ को नियम ९९ को उपनियम १ अर्थात अनुसूची १७ लाई समेत बेवास्ता गरि विद्यालयको दोहोरो सहमति बिना नै शिक्षकहरुलाई मनोमानी ढंगले सरुवा गर्ने गैडाकोट नगरपालिकाको कार्यप्रति समेत असहमती जनाउँदै यस्ता अन्याय र बेथिति विरुद्ध नेपाल राष्ट्रिय शिक्षक संगठन गैडाकोट नगर समितिले गम्भिर आपत्ती प्रकट गर्दछ । ”
शिक्षा जस्तो पवित्र क्षेत्रमा विचारको आधारमा गरिएका विभेद र अन्यायपूर्ण व्यवहारले कक्षाकोठामा प्रवेश गरि शिक्षण कार्यमा सरिक हुने शिक्षकको मनोबलमा समेत नकारात्मक प्रभाव पर्ने हुँदा यस्ता अनाधीकृत कार्यलाई तुरन्त सच्याउन र न्यायोचित व्यवहार गर्न नेपाल राष्ट्रिय शिक्षक संगठन, नगर समिति गैंडाकोटकाे माग रहेको सचिव ठकुरीले बताउनुभयो । आफुहरुकाे मागलाई बेवास्ता गरे यसबाट सृजना हुने अवस्थाको जिम्मेबारी संगठनले नलिने उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |