२०८१ आश्विन ५, शनिबार
कावासोती । कावासोती १२ मा रहेको शान्ति निकुञ्ज माध्यामिक विद्यालयमा आज छात्रवृत्ति वितरण कार्यक्रम भएको छ ।
आज एक कार्यक्रमका बीच कावासोती नगरस्तरीय , वडा स्तरीय र विद्यालयको आन्तरिक छात्रवृत्ति वितरण गरिएको हो । नगर स्तरीय छात्रवृत्ति २९ जनालाई वितरण गरिएको छ । जसमा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई ४ हजार , ९ र १० अध्ययनरत विद्यार्थीलाई ३ हजार र ६ देखी ८ सम्म अध्ययनरत विद्यार्थीलाई २ हजार रुपैँयाका दरले छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक हरि प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
वडा नम्बर १२ बाट दुई लाख २५ हजार रुपैयाँ रकम छात्रवृत्तिका लागि छुट्याइएको थियो । भने विद्यालयको आन्तरिक अक्ष कोशबाट प्राप्त व्याजबाट ४८ हजार रुपैँया छात्रवृत्तिमा प्रदान गरिएको प्रअ न्यौपानेले बताउनुभयो । कक्षा ६ देखि १२ सम्मका विपन्न र अति विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको प्रअ न्यौपानेले जानकारी दिनुभयो ।
कावासोती १२ ले चालु आर्थिक वर्षमा वडाभित्र रहेका ३ वटा सामुदायिक विद्यालयलाई छात्रवृत्तिका लागि रकम विनियोजन गरेको थियो । राजरत्न प्राविलाई दुई लाख र सन्तुदेवीलाई एक लाख ७५ हजार रुपैँया छात्रवृत्तिका लागि प्रदान गरिएको अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो ।
छात्रवृत्ति वितरण कार्यक्रम वडा अध्यक्ष धु्रव खनालको अध्यक्षता र सरोकारवालाहरूको सहभागितामा सम्पन्न गरिएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |