२०८१ आश्विन ५, शनिबार
कावासोती । पौरखी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट एक सय ७२ जना लाभान्वित भएका छन् ।
कालीगण्डकी नारायणी सामुदायिक अस्पताल कावासोतीको प्राविधिक सहयोगमा कावासोती – ७ साँढमा शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । बरिष्ठ फिजिसियन डाक्टर र बरिष्ठ महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टरहरूले स्वास्थ्य परिक्षण गर्नुभएको थियो । शिविरमा स्वास्थ्य परिक्षण गराएका मध्य ११ जनामा जटिल प्रकारको स्वास्थ्य समस्या देखिएको पौरखी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक निलकण्ठ पराजुलीले जानकारी दिनुभयो । शिविरमा स्वास्थ्य परिक्षण सँगै भिडियो एक्सरे र निःशुल्क औषधी वितरण समेत गरिएको व्यवस्थापक पराजुलीले बताउनुभयो ।
सामाजिक उत्तर दायित्व अन्तरगत संस्थाले ग्रामीण क्षेत्रलाई लक्षित गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको व्यवस्थापक पराजुलीको भनाई छ । शिविरबाट विपन्न समुदायका नागरिकहरू लाभान्वित बनेका छन् ।
विगतका वर्षहरूमा समेत संस्थाले सामाजिक कार्य गर्दै आएको र निरन्तरता दिइरहेको उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष शालिकराम कोइरालाको अध्यक्षता तथा संस्थाका स्वास्थ्य उपसमिति संयोजक ज्ञानेन्द्र न्यौपानेको संयोजकत्वमा शिविर सम्पन्न भएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |