२०८१ आश्विन ५, शनिबार
कावासाेती । सीप, संस्कार र प्रविधिसहितको व्यवहारिक शिक्षालाई आत्मसात गर्दै कावासोती ३ मा सञ्चालित आरम्भ एकेडेमीले कावासोतीमै पहिलोपटक डिजिटल अक्षरारम्भ गर्ने भएको छ ।
अक्षरारम्भ गर्ने दिन आउदो फागुन दुई गते सरस्वती पूजाको अवसर पारेर आरम्भ एकेडेमीले डिजिटल अक्षरारम्भ गर्ने भएको हो ।
अबको पुस्ता प्रविधि मैत्री पुस्ता भएकाले त्यसको जग बसाउन डिजिटल अक्षरारम्भ गर्न लागेको विद्यालयका सहायक प्रधानाध्यापक राजु पाैडेलले बताउनुभयो ।
शिक्षण सिकाइलाई व्यवहारिक बनाउने उद्देश्यले नवलपुर जिल्लामै पहिलोपटक ECEC शैलीबाट अध्यापन गराउँदै आएको विद्यालयले कावासोतीमै पहिलो पटक डिजिटल अक्षरारम्भ गर्न लागेको हो ।
विगतमा सेन्ट जोसेफ स्कूलबाट परिचित यस विद्यालय अहिले आरम्भ एकेडेमि नामाकरण गर्दै आफूलाई अरुभन्दा फरक सोँचका साथ आफ्नो शैक्षिक र अतिरिक्त कृयाकलाप गर्दै आएको छ । विषेश गरि प्रविधिमैत्री विद्यालयका रुपमा आफ्नो परिचय बनाउनका लागि विद्यालयले यसपालि डिजिटल अक्षरारम्भ गर्न लागेको सहायक प्रधानाध्यापक पाैडेलले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |