२०८१ आश्विन ५, शनिबार
कावासोती । नवलपुरको झरना खोलामा लायन्स क्लब अफ नवलपुर सिटीको आयोजनामा निशुल्क आँखा परीक्षण शिविर भएको छ । हुप्सेकोट गाउँपालिका –४, शंखदेव स्थित झरना खोलामा क्लबले आज निशुल्क आँखा परिक्षण शिविर सञ्चालन गरेको क्लबका अध्यक्ष भेष बहादुर अधिकारीले बताउनुभयो ।
लायन्स क्लब अफ नवलपुर सिटीले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै निशुल्क आँखा परिक्षण शिविर सञ्चालन गरेको क्लबका अध्यक्ष अधिकारीले बताउनुभयो । क्लबले बिभिन्न समयमा विभिन्न प्रकारका सामाजिक कार्यहरू सञ्चालन गर्दै आएको र यसलाई निरन्तरता दिदै जाने उहाँले बताउनुभयो ।
झरना खोलामा आज भएको आँखा परिक्षण शिविरमा करिब दुई सय जनाले आँखा परिक्षण सेवा लिएका छन् । जसमध्ये केहीलाई चस्मा वितरण गरिएको छ । करिब एक सय जनालाई आवश्यक औषधी समेत उपलब्ध गराएको अध्यक्ष अधिकारीले बताउनुभयो । क्लबले तीन दिन सम्म सञ्चालन गर्न लागेको शिविरमा भोलि शुक्रबार दन्त र शनिबार मधुमेहको निशुल्क परिक्षण शिविर सञ्चालन गरिने क्लबका अध्यक्ष भेष बहादुर अधिकारीले बताउनुभयो ।
लायन्स क्लब अफ नवलपुर सिटीले झरना खोलालाई यस अघि लाइन्स भिलेजका रुपमा पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार र प्रर्वद्धनमा काम गरेको थियो ।
लायन्स क्लब अफ नवलपुर सिटीका भेष बहादुर अधिकरिको अध्यक्षमा भएको कार्यक्रमा पूर्व अध्यक्ष बिश्वनाथ कफ्ले, प्रथम उपध्यक्ष गणेश बहादुर थापा, कोषाध्यक्ष शिशिर जिसि सहित स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालक क्लबका सचिब सुबास सुवेदीले गर्नुभएको थियो ।लायन्स क्लबका संस्थापक मेल्भिन जोन डेको अवसरमा कार्यक्रम गरिएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |