२०८१ आश्विन ६, आईतबार
कावासोती । गण्डकी प्रदेश सभा सदस्य पद्मा जि.सी.ले मध्यविन्दु जिल्ला अस्पताल नवलपुरबाट प्रवाह भइरहेको स्वास्थ्य सेवाहरुको जानकारी लिनु भएको छ । आईतबार जिल्ला अस्पताल पुग्नु भएका उहाँले जिल्ला अस्पतालको भौतिक अवस्था, प्रवाह भइरहेको सेवा, विभिन्न उपकरणहरुको बारेमा जानकारी लिनुभयो ।
जिल्ला अस्पतालको जमिनको स्वामित्व, निर्माणधिन भवनको सम्पन्नता, विभिन्न उपकरण लगायतका विषयमा प्राप्त जानकारी पस्चात उहाँले अस्पतालनको विभिन्न पक्षहरुको सवलिकरणको लागि प्रदेश सरकारसंग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो । मृगौला पीडितहरुको लागि डाइलेसिस सेवामा भइरहेको कठिनाईको व्यवस्थापनको लागि स्वास्थ्य निर्देशनालय सहितको निकायमा पहल गर्ने बताउनुभयो । मध्यविन्दु जिल्ला अस्पालतमा चालु आर्थिक वर्षको लागि विनियोजित बजेटको सहि परिचालन गर्दै अस्पतालको सेवाप्रवाहलाई नागरिक मैत्री बनाउन समेत उहाँले सो क्रममा आग्रह गर्नुभयो ।
मध्यविन्दु जिल्ला अस्पतालको हालको अवस्था सम्म आईपुग्दा स्थानीय समुदायले पु¥याएको योगदान महत्वपूर्ण रहेको भन्दै उहाँले क्रमशः नागरिकहरुको अस्पतालमा बढ्दो चापलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । सो क्रममा उहाँले अस्पतालका मेसु, स्वास्थ्यकर्मी, उपचारका लागि आएका सेवाग्राहीहरु संग समेत छलफल गर्नु भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |