२०८१ आश्विन ६, आईतबार
नवलपुर।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाले प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै ‘मेरो गाउँमा मेरै प्राविधिक’ कार्यक्रम ल्याएको छ ।विद्यालय शिक्षालाई रोजगारसँग जोड्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाको भनाइ छ ।
प्राविधिक शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति समेत उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्याका आधारमा थप कार्यक्रम अगाडि बढाउने गाउँपालिकाको योजना छ ।‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ अवधारणाले विद्यार्थीमा पढाइप्रति रुचि अभिृवद्धि हुने विश्वास लिइएको छ । अध्यक्ष ओझाले पालिकाभित्रका प्रत्येक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था समेत गर्न लागिएको जानकारी दिनुभयो ।
“विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयको निरीक्षण र सुपरीवेक्षणको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउनेछौँ” उहाँले भन्नुभयो, “प्रत्येक वडामा एउटा सामुदायिक विद्यालयलाई अगुवा विद्यालय घोषणा गरी त्यसको संस्थागत क्षमता विकासका लागि थप सहयोगको प्रबन्ध गर्दैछौँ ।”सम्पूर्ण विद्यालय जाने उमेरका विद्यार्थीलाई अनिवार्य विद्यालयसम्म पहुँच पु¥याउने वातावरणको सिर्जना गर्ने नीति समेत लिइएको उहाँले बताउनुभयो ।

कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |