२०८१ आश्विन ६, आईतबार
देवचुली । देवचुली नगरपालिकाले शिक्षाका लागि कुल बजेटको ३५ दशमलब ७४ प्रतिशत बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षका लागि देवचुली नगरपालिकाले शिक्षातर्फ २८ करोड ६९ लाख ५० हजार रुपैया विनियोजन गरेको हो। यो कुल बजेटको ३५दशमलब ७४ प्रतिशत हो। देवचुली नगरपालिकामा आगामी आवका लागि ८० करोड २६ लाख ३५ हजारको बजेट ल्याइएको छ।
देवचुली नगरपालिकामा थप १ करोड १ लाख ५० हजार रुपैयाँ वडास्तरबाट शिक्षाका लागि विनियोजन गरिएको छ। वडाको शिक्षामा छुट्याइएको बजेट सहित कुल २९ करोड ७० लाख ५० हजार रुपैयाँ नगरपालिकाले शिक्षामा लगानी गरेको छ। जुन कुल बजेटको ३७दशमलब०१ प्रतिशत हो।
आधारभूत तहका अति विपन्न विद्यार्थीहरुको शैक्षिक पहुँच सुनिश्चितताको लागि मेयर छात्रवृत्ति कार्यक्रम मार्फत ४० लाख विनियोजन गरेको छ। यस कार्यक्रमबाट नगरका १ हजार विद्यार्थीहरुलाई शैक्षिक सहयोग गरिने देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । बालमैत्री नगरपालिका समेत रहेको देवचुलीमा सामान्य खर्चको अभावमा अध्ययनमा समस्या झेलिरहेकाहरूलाई अध्ययनलाई निरन्तरता दिनका लागि प्रोत्साहन गर्ने उद्देश्यले आगामी आर्थिक वर्षमा छात्रवृतिको लागि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । ‘कतिपय परिवारका विद्यार्थी सानो खर्चको अभावमा विद्यालय जान नसक्ने पनि हुन्छन्, शैक्षिक सामाग्रीको अभावमा समस्या झेलिरहेका हुन्छन्, त्यस्ता विद्यार्थीलाई सहयोग सहित विद्यालय जान उत्प्रेरणा गर्नका लागि समेत छात्रवृति प्रदान गर्न बजेटको व्यवस्था गरेका हौं’ नगर प्रमुख न्यौपानेले भन्नुभयो ।
विद्यालयमा प्रसुति बिदाबाट हुने शैक्षिक क्षति न्यूनीकरणको लागि शिक्षक अनुदान कार्यक्रमका लागि देवचुली नगरपालिकाले बजेट विनियोजन गरेको छ। प्रसुति बिदामा रहेका शिक्षकका कारणले विद्यालय तथा विद्यार्थीलाई समस्या नरहोस भनेर देवचुली नगरपालिकाले बजेट विनियोजन गरेको नगर उप प्रमुख पार्वता तिवारीले बताउनुभयो ।
देवचुलीमा विद्यालयलाई क्रमशः झोलाविहिन शुक्रबार बनाउने कार्यक्रम अगाडि सारिएको छ।बजेटमा आधारभूत विद्यालयमा सूचना प्रविधि कार्यक्रमलाई जोड दिईएको,पुराना शिक्षकहरुलाई अवकाश प्रोत्साहन कार्यक्रम तथा यूवा शिक्षकलाई आकर्षक गर्ने कार्यक्रम, विद्यालयमा करेसाबारी कार्यक्रम ल्याइएको छ। बालबालिका शिक्षक ,विद्यालय कर्मचारी, आया तथा परिचालिकाको लागि नगरपालिकाले थप बजेटको निरन्तरता दिएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |