२०८१ आश्विन ६, आईतबार
गोविन्द नेपाली। नवलपुर । नवलपुरलाई आज पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना भित्र बालबालिकाले लगाउनु पर्ने खोप पूर्ण रूपमा लगाएको सुनिश्चित गरेपछि प्रत्येक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्ने प्रचलन छ ।
साविक नवलपरासी जिल्ला देशमै दाेस्राे पूर्ण खोप जिल्ला घोषणा भएको थियो । नेपालभर अहिलेसम्म ६३ जिल्ला पूर्ण खोप जिल्ला घोषणा भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईँका अनुसार पूर्ण खोप घोषणा भएका जिल्लाहरूमा हरेक वर्ष १५ वर्ष मुनीका बालबालिकाले पूर्ण खोप लाए नलाएको पत्ता लगाई छुटेका बालबालिकालाई बाँकी खोप लगाई हरेक वर्ष पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्ने गरिन्छ । यस वर्ष नवलपुरका सबै पालिकाहरूले १६ महिनादेखि ५ बर्ष सम्मका बालबालिकाबीच गरिएको खोजीमा नवलपुरमा १०२ जना बालबालिकाले पूर्ण खोप लगाएको नपाएपछि उनीहरूलाई बाँकी खोप लगाएको थियो ।
नवलपुरका सबै पालिकाहरूले आफ्नो पालिकाहरूलाई पूर्ण खाेप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेपछि आज जिल्लालाई घोषणा गरिएको हो ।जन्मेदेखि १५ महिनासम्मका बालबालिकाहरूलाई बि सि जी, डिपिटी- हेपाटाईटिस बी-हिप, दादुरा-रूबेला, पाेलियाे, जापानिज ईसिफाईटिस, टाईफाइट, राेटा लगायतका खोप लगाइने गरिन्छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका संयोजक बाबुराम वि.क.ले नवलपुरलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरेका थिए कार्यक्रममा जनप्रतिनिधि स्वास्थ्य कर्मी सरोकारवाला पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रम सहारा पार्टी प्यालेस दल्दलेमा भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |