२०८१ आश्विन ६, आईतबार
कावासोती । कावासोती नगरपालिकाले नगरपालिका भित्र रहेका सबै विद्यालयमा एकै किसिमको सांगीतिक पिटि र प्रार्थना बनाउने भएको छ । सबै विद्यालयमा एकै प्रकारको पिटि र प्रार्थना बनाउन नगरपालिकाले आज देखि तीन दिने तालिमको सुरु गरेको नगरपालिकाका स्रोत शिक्षक तीर्थ कंडेलले बताउनुभयो ।
नगरपालिका भित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयका गरि तालिममा ७२ जनाको सहभागिता रहेको छ । तालिममा विद्यालयमा कसरी सांगीतिक रुपमा पिटि सञ्चालन गर्ने ,पिटि र प्रार्थनालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा प्रशिक्षण प्रदान गरिने छ ।
तालिमको आज कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै विद्यालयका हरेक गतिविधिलाई प्रभावकारी बनाउन आवश्यक रहेको र पिटि र प्रार्थना तालिमले समेत यसलाई सहयोग पुग्ने बताउनुभयो ।
नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास शाखाका संयोजक चुडामणी थनेत, वडा नम्बर २ का वडा अध्यक्ष शिवप्रसाद पाण्डे, शिव माविका प्रअ अर्जुन प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।
शिव माविमा सुरु भएको तालिमको उद्घाटन सत्रमा शाखा अधिकृत राजन पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण स्रोत शिक्षक तीर्थ कंडेलले गर्नुभएको थियो । तालिममा सांगीतिक पिटिका राष्ट्रिय अभियन्ता हरिस वलीले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |