२०८१ आश्विन ६, आईतबार
कावासोती । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा सञ्चालनमा रहेको डायलासिस सेवा प्रभावकारी बनाउने विषयमा सरोकारवाला बिच छलफल भएको छ । जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा भएको सरोकारवालाहरू बिचको बैठकमा डायलासिस गर्नुपर्ने बिरामीको चाँप बढेको र अस्पतालमा उपकरणहरू कम हुँदा सेवा प्रवाहमा समस्या भएकाले आवश्यक मेसिन खरिद गरि डायलासिस सेवालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले बताउनुभयो । यसका लागि स्थानीय तहलाई आवश्यक सहयोगका लागि अनुरोध गर्ने निर्णय समेत सरोकारवालाको बैठकमा भएको उहाँले बताउनुभयो ।
जिल्ला अनुगमन समिति सहित सरोकारवालाको बैठकमा सबै पालिकामा रहेका पानमा दर्ता भएका तर कर नतिरेका उद्योग व्यवसायीहरूलाई करको दायरामा ल्याउने ,आन्तरिक राजश्व कार्यालयमा कर दाखिलाका लागि निर्देशन गर्ने निर्णय समेत गरिएको छ ।
बैठकमा क्रसर र बालुवा प्रशोधन केन्द्रको सन्दर्भमा व्यापक छलफल सहित मन्त्रालयबाट प्राप्त पत्रबाट सम्बोधन नभएका विषयमा आवश्यक निती बनाउनका लागि सम्बन्धित निकायमा लेखी पठाउने निर्णय समेत भएको जिसस प्रमुख बाबुराम विश्वकर्माले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |