२०८१ आश्विन ६, आईतबार
प्रिय धन । नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ७ अम्रसामा रहेको लक्ष्मी आदर्श नमुना आधारभूत विद्यालयमा शनिबार विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ । मध्यविन्दु ७ का वडाध्यक्ष कर्ण बहादुर मल्लको उपस्थितिमा ध्रुव न्यौपानेको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति र हरि प्रसाद अधिकारीको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको हो ।
व्यवस्थापन समितिका सदस्यहरुमा शिव कुमारी मल्ल, कमल महतो , ज्ञान प्रसाद पाण्डे , फुलमाया महतो, पवित्रा मल्ल , पदेन सदस्यको रुपमा वडा नम्बर ७ का वडाध्यक्ष कर्ण बहादुर मल्ल र सदस्य सचिवको रुपमा प्रधानाध्यापक ऋषिराम भुसाल रहनुभएको प्रधानाध्यापक भुसालले जानकारी दिनुभयो । यस्तै शिक्षक अभिभावक संघका सदस्यहरुमा मिना डुम्रे , देवी महतो , ज्योति फाल , हिरा थापा मिधुन, बुलमाया बि. क. , केशव भट्टराई , दिलमाया कुमाल , विद्यालय व्यवस्थापन समितिको प्रतिनिधिको रुपमा अध्यक्ष ध्रुव न्यौपाने र प्रधानाध्यापक ऋषिराम भुसाल रहनुभएको समिति गठन परिचालन समितिका सदस्य लेखराज भण्डारी राजुले बताउनुभयो ।
समिति गठन परिचालन समितिको संयोजकमा मध्यविन्दु ७ का वडाअध्यक्ष कर्ण बहादुर मल्ल , नि:वर्तमान वडाध्यक्ष अमृत प्रसाद ज्ञवाली , नेपाल लोक सेवा मावि बसन्तपुरका प्रधानाध्यापक लेखराज भण्डारी राजु र लक्ष्मी आदर्श नमुना आधारभूत विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसाल रहनुभएको थियो ।
यस अघि एक औपचारिक कार्यक्रममार्फ़त नि:वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पोखरेलले आफ्नो लगातार ३ पटक सम्मको कार्यकालमा विद्यालयमा धेरै परिवर्तन गर्न सफल भएको भन्दै सहयोगी सबैलाई धन्यवाद प्रकट गर्नुभयो । साथै पोखरेलले नव निर्मित समितिलाई शैक्षिक प्रगतिमा आमुल परिवर्तनका लागि अहोरात्र खट्न समेत आग्रह गर्नुभयो । यस्तै औपचारिक कार्यक्रमका प्रमुख अतिथि मध्यविन्दु ७ का वडाध्यक्ष कर्ण बहादुर मल्लले विद्यालय नाफारहित सार्वजनिक संस्था र हजारौँ बालबालिकाको भविष्य बोकेको हुँदा नयाँ समितिले गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।
यस्तै पूर्व वडाध्यक्ष अमृत प्रसाद ज्ञवालीले समग्र विद्यालयको शैक्षिक उन्नतिका लागि बनेको यो नयाँ समितिलाई रातो टिकासँगै अवसर र चुनौती अगाडि उभिएको बताउनुभयो । सर्वसम्मत रुपमा चयन भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव न्यौपाने र शिक्षक अभिभावक संघका अध्यक्ष हरि प्रसाद अधिकारीले विद्यालयको शैक्षिक उपालब्धि वृद्धिका लागि आफ्नो र समितिको तर्फबाट निरन्तर प्रयासगर्ने बताएका थिए ।
नि:वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष कर्ण बहादुर मल्ल प्रमुख अतिथि रहनुभएको थियो । प्रधानाध्यापक ऋषिराम भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक ऋषिराम प्रिय धनले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |