२०८१ आश्विन ६, आईतबार
सृजना पौडेल
कावासोती । विज्ञान प्रदर्शनीमा विजयी भई प्राप्त पुरस्कार राशीको रकमबाट कावासोती दुईमा रहेको शिव नमूना माध्यामिक विद्यालयका विद्यार्थीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गरेका छन् ।
कावासोती आठमा रहेको श्री मौलाकालिका अपाङ्ग सेवा संस्था संस्थालाई बुधबार मह सातु, ग्यासको भरि सिलिन्डर, साबुन लगायतका सामाग्री प्रदान गरेको विद्यार्थी सफल पौडेल जानकारी दिनुभयो । शारीरिक रुपमा अशक्त रहेकालाई फाइदा पुगोस् र मानसिक रुपमा बलियो बनून् भन्ने उद्देश्यले पोषण युक्त खानेकुरा र घरायसी आवश्यक सामाग्री प्रदान गरिएको पौडेलले बताउनुभयो ।
मौलाकालिका अपाङ्ग सेवा संस्था मा अहिले १७ जना अपाङ्गता भएका बालबालिकाहरू आश्रित छन् ।
पुस १ गते विज्ञान प्रदर्शन कार्यक्रममा सहभागी भई शिव नमुना माध्यामिक विद्यालयका विद्यार्थीको टोलीले विजय भएको थियो । सोही पुरस्कार राशीले सहयोग गरिएको हो । ‘हामीले जितेर आएको रकम बाँडेको भएपनि खाएर या केही गरेर सकिन्थ्यो तर, हामीले त्यसो नगरी सामाजिक काममा सहयोग गर्ने निधो गर्यौँ । ’ पौडेलले भन्नुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |