२०८१ आश्विन ६, आईतबार
कावासोती । नवलपुरको कावासोती नगरपालिकामा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसले दोश्रो चरणको विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए ) प्राप्त गर्न सफल भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको सभाकक्ष सानोठिमी भक्तपुरमा बुधबार एक समारोहकाबीच क्याम्पसलाई दोश्रो चरणको क्युएए प्रमाणपत्र प्रदान गरिएको हो । समारोहमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठ , क्याम्पस प्रमुख गणेशमान गिरी , निवर्तमान क्याम्पस प्रमुख मुक्तिराम पाण्डे लगायत क्याम्पसका प्राध्यापकहरूको समेत सहभागिता रहेको थियो ।
स्थापनाको दश वर्षमा नै पहिलो पटक क्युएए प्राप्त गर्न सफल भएको र सम्भवतः सबैभन्दा छोटो समयमा दोश्रो पटक फेरी क्युएए प्राप्त गर्ने देशकै पहिलो क्याम्पस समेत मध्यविन्दु क्याम्पस रहेको क्याम्पस प्रमुख गणेशमान गिरीले बताउनुभयो । यस क्याम्पसले पुनः क्युएए प्राप्त गर्न सफल हुनु भनेको समग्र नवलपुरवासीकै लागि गौरवको विषय रहेको उहाँको भनाई छ । दोश्रो पटक पनि क्युएए प्राप्त गरेपछि क्याम्पसलाई थप जिम्मेवारी र चुनौति थपिएको उहाँले बताउनुभयो । प्राप्त उपलब्धिलाई जोगाइराख्न आफूहरु अझै सशक्त ढंगबाट अघि बढ्ने समेत उहाँले बताउनुभयो । शैक्षिक , भौतिक लगायत क्याम्पसको हरेक पक्षलाई गुणस्तरीय बनाउने काममा आफूहरू अझै दत्तचित्त भएर लाग्ने समेत उहाँले बताउनुभयो ।
मध्यविन्दु बहुमुखी क्याम्पस २०६३ सालमा सामुदायिक क्याम्पसको रुपमा स्थापना भएको थियो । स्थापनाको छोटो समयमै गुणस्तरीय शिक्षा प्रदान गरेर आफूलाई यस क्षेत्रमा अब्बल स्थापित गर्न सफल भएको हो । स्थापनाको १० वर्षकै अवधिमा पहिलो क्युएए प्राप्त गर्न सफल भयो ।
क्यएए प्रमाणपत्र प्राप्त गरेपछि क्याम्पसले प्रदान गर्ने बिभिन्न तहका प्रमाणपत्रहरू विश्वको जुनसुकै कलेज तथा विश्वविद्यालयहरूमा मान्यता पाउँछन् ।
क्युएए क्वालिटी असुरेन्स एण्ड एक्रिडिएसन – गुणस्तर सुनिश्चितता एवम् प्रमाणिकरण एउटा प्रक्रिया हो । जहाँ कुनै आधिकारिक निकायले क्याम्पसलगायत उच्च शिक्षामा संलग्न संस्थाहरूको विभिन्न मापदण्डहरूमा गुणस्तर मापन गर्दछ । ती मापदण्ड पूरा गर्ने शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्दछ । यो भनेको शैक्षिक गुणस्तरमा वृद्धि गरी अध्ययन अध्यापन कार्यलाई अझ प्रभावकारी र व्यावहारिक बनाउने प्रक्रिया हो । अर्थात् क्युएए प्राप्त क्याम्पसहरूमा गुणस्तरीय पढाइ हुन्छ भन्ने कुराको प्रमाणीकरण हो । नेपालमा उच्च शैक्षिक संस्थाहरूलाई विश्वविद्यालय अनुदान आयोगले क्युएए प्रदान गर्दै आएको छ ।
क्युएए प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदान लगायतका अन्य सुविधा प्राप्त हुने गर्दछ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |